रौतहट ।। कटहरिया नगरपालिका अन्तर्गत पर्ने माध्यमिक विद्यालय भसेढवामा क्वारेन्टाइन बनाउन लाग्दा स्थानीयहरुले विरोध संगै ढुंगामुढा गर्न थाल्दा स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज गर्नुका साथै एक दर्जन गोली हवाईफायर गरेका छन् ।
रौतहटको कटहरिया नगरपालिकाले वडा नम्वर १ भसेढवामा रहेको माध्यमिक विद्यालय भवनमा क्वारेन्टाइन बनाउन लाग्दा स्थानीय जनताहरुद्धारा घना बस्तीमा क्वारेन्टाइन बनाएर कोरोनाको शंकाष्पद विरामीहरु राख्न नदिने अडान राख्दै विरोध जनाउदा अवस्था झड्पमा परिणत भई प्रहरी माथि आक्रमण हुन थालेपछि आत्मरक्षाको लागि प्रहरीले वल प्रयोग गरेका हुन् ।
स्थानीयको ढुंगामुढाबाट प्रहरी सहायक निरीक्षक सहित ६ जना प्रहरीको टाउको घाउ लाग्दा प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन लाठी चार्ज गर्दै १२ राउण्ड गोली हवाई फायर गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । वडा नम्वर ५ कटहरियामा रहेको जनता माध्यमिक विद्यालयमा क्षमता भन्दा बढी मानिस भएपछि भसेढवा मावीमा प्रहरी सहितको टोली क्वारेन्टाइन बनाउन पुग्दा बादविवाद भई भड्प भएको बताइएको छ ।
सामान बाकेको ट्याक्टरलाई माबी भसेढवाको प्रांगन बाहिरै रोकेर स्थानियले कुनैपनी हालतमा यहाँ क्वारेन्टाईन बनाउन नदिने अडान लिएका थिए । स्थानीयको विरोध भएपछि मेयर सियाराम कुश्वाहा र ईलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी नायव विनरीक्षक सुुरेन्द्र सिंहले स्थानियलाई सम्झाउँदा पनी न मानेपछि इप्रका गरुडाबाट थप मद्दत मगाए तर विद्यालय गेटमा थपमद्दत पुुग्नासाथ ५० जना भन्दा बढीको संख्यामा रहेका स्थानियले प्रहरी टोली माथी ढुुंगामुढा प्रहार गर्नथाले ।
ढुुंगामुढा प्रहारबाट प्रहरी सहायक निरीक्षक हिरालाल साहको टाउको फुुटेको छ प्रनानी सिंह सहीत ५ जना प्रहरीलाई चोटपटक लागेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताए । घटनालाई नियन्त्रणमा लिन लाठी चार्ज गर्दा समेत नमानेपछि बाध्य भएर प्रहरीले १२ राउण्ड हवाई फायर उनले जानकारी दिए ।
क्वारेन्टाइनको विषयमा झड्प, प्रहरीद्धारा १२ राउण्ड गोली हवाई फायर
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।