File Photo

रौतहट ।। रौतहटको इशनाथ नगरपालिकाबाट कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजानका लागि पुगेको प्रहरी र स्वास्थ्यकर्मीलाई स्थानीयले रोक्न खोजेपछि तनाव भएको छ ।
इशनाथ नगरपालिका–७ को जोकाहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टाइनमा राखिएका २ व्यक्तिलाई आइसोलेसनमा लैजाने विषयमा विवाद भएपछि शुक्रबार बिहान तनाव भएको हो । तनाव बढेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले १२ राउण्ड हवाई फायर गरेको छ ।
दुई संक्रमितलाई अर्को स्थानमा रहेको आइसोलेसनमा लैजान पुगेका चिकित्सक र सुरक्षाकर्मीलाई स्थानीयले त्यहीँ राख्न माग गर्दै अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरी र स्वास्थ्यकर्मी माथि स्थानीय जाइलागेपछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट थप प्रहरी घटनास्थल पुगेका थिए । सोही क्रममा प्रहरीले अवस्थालाई काबुमा गर्न करिव १ दर्जन हवाई फायर गरेको थियो । आक्रोसित स्थानीयले प्रहरीको गाडीमा तोडफोड समेत गरेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here