गौर ।। नेपालका मधेशी समुदायका युवाहरुले अष्ट्रेलियामा आफ्नो पहिचानको स्थापीत गर्न सफल भएका छ । हालै अष्ट्रेलियामा गठीत मधेश ईन्जिनियर्स एसोसिएसनले विदेशमा पनि मधेशी समुदायका युवाहरुले मधेशी पहिचानको स्थापीत गरि रहेको प्रमाणित भएको हो ।
अष्ट्रेलिया गठीत मधेश ईन्जिनियर्स एसोसिएसनको अध्यक्षमा रौतहट जिल्ला निवासी ईन्जिनियर आर्यन सुरज राउत चयन हुनु भएको छ । राउत हाल अस्ट्रेलियाको मेलवर्नमा बसोबास गर्दै आएका छन । मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समितिले आफ्नो कार्यसमिति बिस्तार गर्दै अस्ट्रेलियाका लागि अध्यक्षको रुपमा ई. आर्यन सुरज राउतलाई चयन गरिएको हो ।
मधेश ईन्जिनियर्स एसोसिएसनको केन्द्रीय समिति द्वारा गरिएको निर्णय अनुसार अन्तर्राष्ट्रिय समितिहरू विस्तार गर्ने कार्यतालिका निर्णय भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड—१९) अवस्थासिर्जना भएको बेला नेपाल सरकार र अष्ट्रेलिया सरकारद्वारा गरिएको लकडाउनलाई मध्य नजर गर्दै टेलिफोन संवाद, समाजिक सञ्जाल फेसबुक, र भिडियो कन्फरेन्स मार्फत तेस्रो चरणमा अष्ट्रेलिया को कार्यसमिति गठन गरिएको छ । उक्त कार्यसमिति गठन गर्न को लागि केन्द्रीय समितिको सर्वसम्मत निर्णयबाट अध्यक्षमा ईन्जिनियर आर्यन सुरज राउत सहित २५ सदस्य कार्यसमिति गठन भएको छ । उनी हाल मेकानिकल इन्जिनियर मा हासिल गरि (Masters of management for engineers at Central Queensland University, Melbourne, Australia) मा अध्यन गर्दै आएका छन । उनको पारिवारिक को कुरा गर्दा नव नियुक्त अध्यक्ष ई.राउत ट्राफिक प्रहरीका एक लगनशील, ईमानदार र निडर छबि भएका प्रहरी सडारको रुप मा कार्यरत राम सुन्दर आर्य का सुपुत्र रहेका छन ।
मधेश ईन्जिनियर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षको पद सम्माले लगत्तै उनले संगठनको विधान, नीति, नियमको अधिनमा रही काम गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनले सबैको साथ सहयोग को अपेक्षा पनि रहेको जनाएका छन्मध्धश ईन्जिनियर्स एसोसिएसन अष्ट्रेलियाको अध्यक्षको पद सम्माले लगत्तै उनले संगठनको विधान, नीति, नियमको अधिनमा रही काम गर्ने प्रतिबद्धता जनाएका थिए । साथै उनले सबैको साथ सहयोग को अपेक्षा पनि रहेको जनाएका छन ।
अध्यक्ष राउत सहित २५ सदस्यि समिति चयन भएको हो । समितिमा संजय कुमार मंडल, चंदन कुमार साह, रितेश कुमार, महतो, मुरारी कुशवाह, मनोज पटेल, संतोष यादव, मुकेंद्र चौधरी, धीरज दास, बितेश सिंह, अजय कुमार जायसवाल, छोटेलाल साह, बिकाश जयस्वाल, नीरज सिंह, संतोष मुखिया, पंकज यादव, विवेक गुप्ता, सिकेन्द्र जायसवाल, गया प्रसाद बिन्दु, रोहित गुप्ता, लिलाश साह, प्रितेश रौनियार, अनिल जैसवाल, रोशन कुमार सिंह, उत्तम मेहता लगायतका रहेको मधेश ईन्जिनियर्स एसोसिएसनले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here