रौतहट ।। देशमा जारी लकडाउनको समयमा समाचार संकलन गर्ने क्रममा पत्रकारहरुलाई आवश्यक पर्ने ज्याकेट ग्रामिण विकास केन्द्र, नेपालले सहयोग गरेको छ ।
पछिलो समय कोरोना भाइरसले पुरै विश्व नै अक्रान्त बनेको अवस्थामा रौतहटको ठुलो र डिजास्टरमा क्रियाशिल रहेको ग्रामिण विकास केन्द्र नेपाल नामक संस्थाको सहकार्यमा अक्सफाम नेपालको सहयोगमा रौतहटको क्रियाशील पत्रकारहरुको सुरक्षित रही रिपोर्टिंग गर्न सहयोग पुग्ने गरि नेपाल पत्रकार महासंघ रौतहट शाखालाई संस्थाका अध्यक्ष पारस हुसैनले १ सय थान ज्याकेट हस्तनान्त्रण गरेका छन ।
विपतमा खटिएका संचारकर्मीहरुले एकरुपको ज्याकेट प्रयोग गरुन भन्ने उदेश्यका साथ एक सय थान प्रेस ज्याकेट सहयोग गरेको संस्थाका अध्यक्ष पारस हुसेनले बताए ।
जिल्लाका सम्पूर्ण क्रियाशील पत्रकारहरुको लागि नेपाल पत्रकार महासंघ रौतहट शाखालाई आरडीसी नेपालले गरेको सहयोग अति सहयोगी हुने भएकोले संस्थालाई महासंघका सचिव गौतम श्रेष्ठले धन्यावाद दिए ।
रौतहटका पत्रकारहरुको लागी आरडीसीको ज्याकेट
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।