नवलपरासी पश्चिम ।। नवलपरासी पश्चिम प्रतापपुर गाउपालिका-६ कठहवा स्थित नेपाल-भारत सिमानाकामा भारतीय नागरिकले नेपालको सुरक्षाकर्मी माथि आक्रमण गरेका छन् । तस्करी गर्न नपाएपछि भारतीय तस्करहरुले सिमा खटिएका सुरक्षाकर्मीहरु माथि ढुङ्गामुढा प्रहार गरेका छन् । दशगजामा निगरानी गर्न खटिएका शसस्त्र र जनपद प्रहरीलाई भारतीय तस्करहरुले सोमबार साँझ ४ बजेको समयमा ढुङ्गामुढा प्रहार गरेका हुन् । उनीहरुको ढुङ्गा प्रहारले कुनैपनि सुरक्षाकर्मी घाईते नभएको जनाइएको छ । बहुआर गाउँ नेपाल दशगजा संग जोडिएको भारतको उत्तर प्रदेश महराजगंज जिल्लाको सिमावर्ति बजार हो । त्यस गाउँको बासिन्दाहरु अधिकांश तस्करीका कार्य गर्दै आएका छन । विगत लामो समयदेखि विभिन्न सरसमानको तस्करी गर्दै आएका उनीहरु अहिले देश लकडाउन र सिमा बन्द भएपछि उनीहरु तस्करी गर्न नपाएपछि सुरक्षकर्मीहरु माथि आक्रोस पोख्दै ढुङ्गामुढा प्रहार गरेको स्थानिय करम हुसैन अंसारीले बताएका हुन । बहुआरको लाईनटोलाका बासिन्दाहरु नै उल्टिएर नेपाली सुरक्षाकर्मीहरु माथि ढुङ्गा प्रहार गर्दा सुरक्षाकर्मीहरु आफनो ज्यान जोगाउन सिमावारी कठहवाँ गाउँतिर भागेका थिए । ढुङ्गाले सुरक्षाकर्मीहरु घाईते नभए पनि ठुलो दुखद घटनारहेको स्थानिय करम हुसैनले बताएका छन् । ढुङ्गाप्रहार गर्दै उनीहरु नेपाल भित्रीन थालेपछि सुरक्षाकर्मी र स्थानियहरुले उनीहरुलाई सिमापारी धपाएका थिए । सिमा खटिएका भारतीय एसएसबीहरु भने भारतीय तस्करहरुलाई नै मौन समर्थन गरेको स्थानीयले जनाए । बाख्रा चराउदै भनेर नेपाल प्रवेश गर्न खोजेका भारतीयलाई सीमामा ड्युटीमा रहेका सशस्त्र जवानले उनीहरूलाई आउन नदिएपछि फर्किएर गएर अरू मानिस बोलाएर प्रहार गरेको स्थानीय इद्रिस मियाले बताए । बहुआरका अधिकांश तस्करहरु सो नाकाबाट रक्सी, कुखुरा, मलखाद, धानको बिउ, र दैनिक उपभोग्य बस्तुहरुको तस्करी गर्दै आएका थिए तर लकडाउनले तस्करी गर्न नपाएपछि सुरक्षाकर्मीहरु प्रति आक्रोसित बन्दै गएका थिए ।
बिचबिचमा सुरक्षाकर्मीर र तस्करहरु बिच भनाभन भएपनि सोमबार मात्र त्यस्तो घटना घटन पुगेको स्थानियले बताएका छन् ।