काठमाडौं ।। बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधनले पूरै बलिउडमा ठूलो शोक उत्पन्न गरायो । अभिनेता कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ । उनको निधनका कारण उनले काम गरिरहेको अधुरो फिल्म पूरा गरेर रिलिज गरिने भएको छ । निर्मार्ताहरुले उनको यो फिल्म पूरा गर्ने बताएका छन् । अनि यो फिल्ममा ऋषि कपुर नै खेल्नेछन् । यसलाई निर्माताहरुले भिएफएक्स प्रविधिबाट बनाउने बताएका छन्  । उनले दुई फिल्म साइन गरेका थिए, । उनले ‘शर्माजी नमकिन’ र ‘इन्टर्न’ साइन गरेका थिए । त्यसमध्ये फिल्म ‘इन्टर्न’को शुटिङ नै सुरु भएको थिएन । अर्को फिल्म ‘शर्माजी नमकीन’को भने गत वर्ष डिसेम्बरमा फ्लोरमा गएको थियो । जुन फिल्म नै अभिेनता ऋषि कपुरका लागि अन्तिम फिल्म साबित भएको छ । फिल्म ‘शर्माजी नमकीन’मा उनी मुख्य भूमिकामा छन् र फिल्ममा जुही चावला पनि छिन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here