काठमाडौं ।। नेपालमा आज एकै दिन थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या १९१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कपिलवस्तुमा ८, रुपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना गरी ५७ जना थपिएका हुन्। उनीहरु सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए। नेपालमा देखिएका कुल १९१ संक्रमितमध्ये ३३ जना उपचारपछि निको भएका छन्।





