एजेन्सी ।। भारतमा दुई महिनापछि आज मंगलवार देखि रेलसेवा शुरु भएको छ । । विश्वव्यापी रुपमा फैलिएका कोभिड १९ को नियन्त्रण तथा रोकथामका लागि भन्दै भारत सरकारले दुई महिनाअघि रेलवे बन्द गरेको थियो । भारत सरकारका अनुसार मंगलबार नयाँ दिल्लीबाट १५ वटा रेल देशभरका मुख्य रेलवे स्टेसनका लागि छुट्ने छन् । भारतीय सञ्चारमाध्महरुले जानकारी दिएअनुसार नयाँ दिल्लीबाट अगरताला, होरह, पटना, विलासपुर, राँची, भुवनेश्वर, सिकन्दरावाद, बैंगलुरू, चेन्नाइ, थिरूवानानुथपुरम, मदगाउँ, मुम्बई सेन्ट्रल, अहमदावाद र जम्मु तावीका लागि रेलसेवा उपलब्ध हुने बताइएको छ । भारतीय अधिकारीहरुले यात्रा गर्नुअघि ती सबै रेलवे स्टेसनमा यात्रुहरूको स्वास्थ्य जाँच पनि गरिने जनाएका छन् । स्वास्थ्य परीक्षणमा कोभिड १९ को कुनै लक्षण देखिएमा उनीहरुलाई रेलमा प्रवेश गर्न नदिइने बताइएको छ ।। हालसम्म भरतमा कोरोनाको संक्रमित संख्या ७० हजार७५६ पुगेको छ । जसमध्ये २२ हजार ४५५ निको भएर घर फर्केका छन् । भने २२ सय ९३ जनाको मृत्यु भइसकेको छ । भारतमा १७ मे सम्म लकडाउन रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।