कोभिड-१९ आगमनको पुर्वसन्ध्यामा आत्तिहाल्नु नपर्ने तर चनाखो भई सम्पूर्ण हिसाबले सरकार तयार रहनुपर्ने र अपाङ्गता भएका व्यक्तिहरुलाई समेत व्यवस्थापन हुने गरि वातावरण मिलाउनका लागि ।
लेखको मूल उदेश्य नेपालमा सार्वजनिक स्वास्थ्य र आर्थिक पक्ष दुवैको सम्पूर्ण रुपले तयार हुनुपर्ने दृष्टिकोण रहेको थियो। तर आजसम्म त्यस विषयमा तपाईको सरकार गम्भीर भई लागि परेको अपाङ्ग मैत्री वातावरण मिलाउन तिर गम्भीर भएको देखिन्न।
अनियन्त्रित प्रकोपको रुपमा देखापरेको यो प्रकोप संसारको सबै देशले गम्भीर चुनौतीको साथ सामना गरिरहेको जसको नियन्त्रण पनि हाम्रै हातमा छ। तपाईंले आफ्ना सहकर्मी, पार्टी, सल्लाहकारहरूद्वारा सुझाव गरिएका केही उपायहरू लागू गर्न खोज्नुभएको छ, जसको म आदर गर्दछु।
यद्यपी ती महिला मैत्री र अपाङ्ग मैत्री वातावरण कसरी मिलाउने हो अघि बढाइनु पर्थ्यो या बढाइँदै छ भन्नेमा गम्भीर प्रश्न खडा भएको छ।
सम्माननिय प्रधानमन्त्रीज्यु,
प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय
सिंहदरवार,काठमाडौं ।
विषय- नेपालमा क्वारेन्टाइन र आईसोलेशन अपाङ्ग मैत्री बनाउन र विभिन्न वर्गीय व्यवस्थापनको लागि समेत सुझाव दिएको सम्बन्धमा।
सम्माननिय प्रधानमन्त्रीज्यु,
महोदय ,
हाम्रो देश नेपाल बिकासन्मुख राष्ट्र हो। बिश्वभर फैलिएको कोभिड-१९को महामारी कोरोना भाइरसबाट हाम्रो देशमा फैलिएको छ । अरु राष्ट्रको तुलनामा नेपालीको जीवन शैली स्तरीय, आनन्दमय र सन्तुष्ट रहेको छ।
प्राकृतिक प्रकोपहरु: भुकम्प, बाढि, हावाहुरी,पहिरो र विभिन्न किसिमको माहामरी आउँदा पनि हामी पीडित हुँदा हामी सम्पुर्ण नेपाली एकजुट हुन्छौं र एक अर्कालाई सहयोग गरि लगाई उदार गर्नमा लागि परेको हुन्छौं। सहयोग गर्छौं।
अहिले अबस्थामा कोभिड -१९ भाईरसको कारण नेपालमा ७५ पुगि सकेको अवस्था छ र यहाँ पनि हामी एक अर्कालाई सहयोग गरि रहेका छौं । नेपालमा बसोबास कुल सख्या मध्ये ५% प्रतिशत अपाङ्ग भएको व्यक्तिहरुलाई छन फरकफरक किसिमको अपाङ्ग भएको व्यक्तिहरुलाई सरकारले व्यवस्थापन गर्न आवश्यकता देखिन्छ ।
नेपालमा कोरोना भाइरस जस्तो महामारी बिदेशीएका नेपालीबाट नै नेपाल छिरेको कुरा कसैले नकार्न सकिदैन । यस भाइरसबाट संक्रमित ९९ जना जति हाम्रा दाजुभाइहरु अस्पतालमा उपचार गराइ रहनु भएको छ। १६ जना जति ठिक भएर आफ्नो घर फर्कैको अवस्था पनि छ ।
हजारौं मानिसहरु क्वारेन्टाइनमा लगभग सबैजना होम क्वारेन्टाइनमा नै करिब २ महिना देखि छौँ । नेपाल सरकारले जारी गरेको लकडाउन पालना गरि होम क्वारेन्टाइनमा बसि रहेकोे अवस्था छ र बस्दा बस्दै मानसिक तनावग्रस्त भै समेत सक्यौं तर यो कदम नेपाली जनताको हकहित सरक्षणका निम्ति हो ।
हाम्रो देश गरीब भए पनि हामी स्वाभिमानी र साहसिक छौं ।
तसर्थ नेपालको अर्थ व्यवस्था अझ कमजोर हुन न दिन, गरीबहरुको जीवन यापन चल्न दिन, समाजमा उत्सृङ्खल गतिविधिहरु हुन न दिन, खेतीयोग्य खेतमा कृषक किसानिहरुलाई विभिन्न बालिनाली उब्जाउन सरकारले मलजन्य समाग्री व्यवस्थापन गरि दिनु पर्छ ।
यस दुःखद् घडीमा निम्न किसिमको सल्लाह सुझाव सम्माननीय प्रधानमन्त्री र माननीय स्वास्थ मन्त्रीज्युलाई दिन चाहन्छु ।
- अपाङ्गता भएको व्यक्तिहरुलाई आवतजावत गर्नलाई रेयाम, ट्वाईलेट ,धारा र बेडहरु समेत अपाङ्ग मैत्री बनाई वातावरण मिलाउनु पर्छ ।
- कोरोना भाइरस प्रभावित एरियालाई Red,orange र green जोनमा वर्गीकरण गरिनुपर्छ ।
- red जोनमा सेना परिचालन गरि अत्यावश्यक बस्तुहरु घर घरमा सरकारले पुर्याउने व्यवस्था गर्नुपर्छ। संक्रमीत, सिल एरिया र सबैहरुलाई यस जोनमा राख्नुपर्छ ।
- orange जोनमा सशस्त्र प्रहरी प्रहरी परिचालन गरि बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ३ बजेदेखि ६ बजेसम्म बजार खुल्न दिई जनतालाई अति आवश्यक समाग्री खरिदबिक्री निर्बाध रूपमा गर्न दिनु पर्छ।
यस जोनमा रेड जोनका मानिसलाई आउन वा बस्न पुर्ण प्रतिबन्ध लगाउनु पर्छ। - नेपालमा निर्माण सबै अस्पतालमा क्वारेन्टाइन र आईसोलेसन अपाङ्ग मैत्री हुनुपर्छ कतिय व्यक्तिहरुलाई पनि समस्या हुन्छ त्यसैले अपाङ्ग मैत्रीपुर्ण कार्य प्रती ध्यानाकर्षण हुनु पर्छ ।
- विभिन्न शहरमा रुम भाडामा लिएर बस्ने अपाङ्ग भएको व्यक्तिहरुको घरपती मिनाहा गरे कि गरेन भने अनुगमन हुनु पर्न ।
- नेपालको सबै स्थानीय निकायमा अपाङ्ग भएको व्यक्तिहरुलाई विशेष राहत वितरण गर्न व्यवस्था गर्नु पर्छ ।
- हेमोफेलियया र विभिन्न कारणको रोगबाट ग्रसित व्यक्तिहहरुलाई अौषधी सेवन गर्न अपाङ्ग भएको व्यक्तिहरुलाई विभिन्न माध्यम बाट भए पनि उपलब्ध गराउनु पर्छ ।
- साहेक समाग्री आवश्यकता पर्न अपाङ्गहरुलाई सहज वातावरण मिलाउन सबै निकायलाई पत्राचार गरि दिनु पर्यो ।
- अति अशक्त र अशक्त अपाङ्ग हरुले पाउने समाजिक सुरक्षा भताको वितरण घरमै मिलाई दिनु पर्छ ।
- अति आवश्यक बजार, पसलहरु, बिकास निर्माणका कार्यहरू, अति आवश्यक कार्य बाहेक काम बाहेक अन्य व्यक्तिहरूलाई ओहोरदोहोर गर्न निषेध गर्नु पर्छ।
- नेपालमा अपाङ्ग मैत्री वातावरण मिलाउन सबै कार्य सहभागीताको लागि नेपाल सरकार प्रष्ट रुपमा उल्लेख गरि सबै सम्बन्धि मन्त्रालयहरु र प्रदेश सरकार एवम स्थानीय निकायमा पत्राचार गर्नु पर्छ । समाजिक न्याय निम्ति कसैलाई भेदभाव गर्नु उपयुक्त देखिदैन । अहिले सम्म सरकार अपाङ्ग व्यवस्थापन विषयमा ध्यानाकर्षण नगरेको समेत देखिन्छ ।
अनुरोधकर्ता,
समाज कल्याण परिषद राष्ट्रिय अपाङ्ग कोषको पुर्व केन्द्रिय सभापति एवम राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहट , सभापति
नितिश कुमार गुप्ता