रौतहट ।। विश्व कोरोना भाईरसबाट पिडित भएको अवस्थामा पनि नेशनल लाइफ ईन्स्योरेन्स कम्पनीले विमित परिवारलाई बीमा रकम हस्तनान्त्रण गर्दै उत्कृष्ठ कार्य गरि रहेको छ ।
आज विहिवार परोहा नगरपालिका वार्ड नं. ४ निबासी लौकाहा स्कूलमा कार्यरत शिक्षक स्व. हरेन्द्र राय पाच लाखको बिमा गरि पहिलो किस्त मात्रै तिरेर दोश्रो किस्त भन्दा केही महिना अगाबै स्वर्गारोहन हुनु भएपछि उनका उत्तराधिकारी श्रीमती संगीता देबि यादव बीमाको रकम हस्तनान्त्रण गरि कम्पनीका गौर शाखा प्रमुख प्रकाश सिंह अप्ठयारोको साथी समेत बनेका छन् ।
सरकारले जारीको लकडाउनमा समाजिक दुरिको पुर्णरुपले पालना गर्दै परोहा नगरपालिकाका नगर प्रमुख शेख वकिलको उपस्थिमा उनकै हातबाट विमितका रु.५ लाख ३२ हजारको बीमा रकमाको चेक हस्तान्तरण गरिएको प्रमुख सिंहले जानकारी गराए ।
कोरोना भाईसरको माहामारीको समयमा समेत नेशनल लाइफ ईन्स्योरेन्स कम्पनी लि.ले डिजिटिल सेबा सुबिधा दिन सदैब तत्पर रहने प्रतिबधाताका साथ प्रधान कार्यालयका दाबी बिभाग लगायत सम्पुर्ण सह्योगी हातको सहयोगबाट हामी अगाडी बढी रहेको प्रमुख सिंहले बताए ।
प्रमुख सिंहका अनुसार, विमीत श्रीमती संगीता देबि यादवले पाएको वीमा रकम आफ्नो बढेस्कालको सहाराको लागि नेशनल लाइफ ईन्स्योरेन्स कम्पनीलाई विश्वास गरि पुनः ३ लाख फिक्स डिपोजिट गरि हामीलाई गौरवान्तित बनाएको बताए ।
अप्ठयारोको समयमा हामी साथीको रुपमा अगाडी बढी रहेकाले हाम्रो कम्पनीमा आफ्ना जिवन विमा गराई भविष्यमा आफ्ना सन्ततीको लागि ढुक्क हुन आम नागरिक संग प्रमुख सिंहले आग्रह गर्नु भयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here