रौतहट ।। विश्व कोरोना माहामारीबाट जुद्ध रहेको अवस्थामा नेपाल सरकारले गरेको लकडाउनमा मजदुरहरु प्रभावित बनेको अवस्थामा गरुडा नपाले राहत वितरण गरि रहेको छ ।
राहत वितरण गर्न क्रममा बुधवार गरुडा नपा वार्ड न ७ भिमडावर र पिपरीयाका अति विपन्न करिव ८ सय परिवारलाई राहत वितरण गरिएको हो । वडा अध्यक्ष रामश्वर यादवको अगुवाईमा भएको राहत वितरण कार्यक्रममा नेपाली काग्रेशको नेता उपेन्द्र यादव सक्रीयतामा भिमडावर र पिपरीयाका अति गरिव, विपन्न, दलित परिवारलाई खाद्यय समाग्री सहितको राहत वितरण गरेको नेता उपेन्द्र यादवले बताएका छन् ।
४४ दिन देखि लगाईएको लकडाउनका कारण दैनिक मजदुरी गर्ने मजदुर, अति विपन्न परिवारहरुलाई हातमुख जोडन धैउधैउ परिरहेको अवस्थामा यस्ता राहतले केही न भएपनि साझको चुल्हो जल्ने गरेको स्थानीय राहत उपभोक्ताहरुको भनाई रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।