जुम्ला ।। जुम्ला गुठीचौर गाउँपालिका वडा नम्बर ५ को कालिका प्राथमिक विद्यालयमा क्वारेन्टाइनमा बसेकाहरू फुर्सदको समयलाई सदुपयोग गर्दै विद्यालय मर्मतमा जुटेका छन् ।
विद्यालयमा घेरबार गरिएको भत्केको पर्खाल मर्मत, भत्केको चर्पी मर्मत, विरुवा रोप्ने, फूल लगाउने र मैदान सम्याउने काममा उनीहरू जुटेका हुन् । पढाइ तथा कामको शिलशिलामा जुम्लाबाट काठमाडौँ गएकाहरूलाई वैशाख १५ गते लक डाउनकै बीच स्थानीय सरकारले उद्धार गरेको थियो ।
उनीहरू गाउँ पुगेपछि वडाले निर्माणको गरेको क्वारेन्टाइनमा बसेका छन् । १२ जनाको समूहमा बसेकहरूले सामाजिक दुरी कायम गरी दिनभरिको समय विद्यालयको मर्मत कार्यमा बिताउने गरेका छन् ।
क्वारेन्टाइनमा बसेका मुनबहादुर नेपाली दिउँसोको समयमा सुतेर बिताउनुभन्दा विद्यालयको मर्मत कार्यमा जुट्दा, आनन्द महसुस हुने बताउनुहुन्छ । क्वारेन्टाइनमा बसेका सबैले दिनभरि विद्यालयको मैदान सम्याउने, भत्किएको पर्खाल मर्मत गर्ने, सरसफाइ गर्नेलगायतका काम गर्छन् ।
आफूहरूको कामले विद्यालयको स्वरुप फेरिएको क्वारेन्टाईनमा बस्दै आएका अर्का स्थानीय रमेश देवकोटाले बताउनुभयो । उनीहरुको लागि चाहिने बेल्चा, गैँती र कोदालोलगायत औजार वडाले स्थानीयसँग समन्वय गरी उपलब्ध गराएको वडाध्यक्ष चन्द्रबहादुर नेपालीले बताउनुभयो ।
क्वारेन्टाइनमा बसेकाहरू विद्यालय मर्मत गर्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।