उदयपुर ।। उदयपुरको त्रियुगा नगरपालीका वडा नम्बर १६ मा गर्भवती तथा सुत्केरी महिलाहरुलाई पौष्टिक आहार सहितको राहत वितरण गरिएको छ ।
त्रियुगा नगरपालीका वडानम्बर १६को वडा कार्यलय र ओरेक नेपाल, उदयपुर शाखाद्धारा २६ घर परिवारलाई आज राहत वितरण गरिएको त्रियुगा नगरपालीका १६ का वडा अध्यक्ष मान बहादुर राईले बताउनुभयो ।
वडामा जम्मा ४१ जना गर्भवति तथा सुत्केरी महिलाहरु रहेका छन् । वडाले जाल्पा चिलाउनेको तल्लो भागका गर्भवती तथा सुत्केरी महिलालाई राहत वितरण गरेको हो । जाल्पा चिलाउनेको माथिल्लो भाग, जाते सिध्रे, आहालेका बाकी १५ जनालाई पछि राहत वितरण गरिने अध्यक्ष राईले बताउनुभयो ।
ओरेक नेपालले ३० जना गर्भवति महिला तथा सुत्केरीलाई सहयोग गरेको र बाँकी ११ जनालाई वडा आफैले राहतको व्यवस्था गरेको ओरेक नेपालका जिल्ला संयोजक सुनिता मैनालीले बताउनु भयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।