काठमान्डु ।। सरकारले डेढ महिनाको अवधिमा अनुचित व्यापारिक कारोवार गर्ने ७० फर्मलाई जरिवाना तिराएको छ ।
गत चैत एक गतेदेखि यही वैशाख १८ गतेसम्म गरिएको नियमित बजार अनुगमनका क्रममा सबैभन्दा धेरै खाद्य पसल कारबाहीमा परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । बजार अनुगमनका क्रममा जरिवाना गरिएका फर्ममध्ये २३ खाद्यान्न पसल रहेका छन् ।
मूल्य वृद्धि गर्ने, गुणस्तरहीन सामग्री उत्पादन एवं बिक्री वितरण गर्ने, मूल्य सूची नराख्नेलगायत उपभोक्ताको गुनासोका आधारमा विभागले कारबाही गरेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले सीआइएनसँग बताउनुभयो ।
कारबहीस्वरुप जरिवाना गरिएका फर्ममध्ये ९ सर्जिकल हाउसबाट १७ लाख ४० हजार, २३ खाद्य पसलबाट १४ लाख २५ हजार, पाँच औषधि पसलबाट पाँच लाख ५० हजार, ६ खाद्यान्न र ग्यास पसलबाट चार लाख ५५ हजार राजस्व सङ्कलन भएको छ ।
कलाबजारी व्यापारि कारोवार गर्ने ७० फर्मलाई जरिवाना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।