File Photo

सन्धुपाल्चोक ।। सिन्धुपाल्चोकको त्रिपुराशुन्दरी गाउँपालिका तीन धुस्कुनले घरघरमा पुगेर भर्नासँगै पाठ्यपुस्तक वितरण गर्ने भएको छ ।
वडा समितिको बैठकको निर्णय अनुसार अन्तिम परीक्षाको नतिजा अनुसार विद्यालयले नै भर्ना गर्ने र अन्य विद्यालयबाट आउने विद्यार्थीलाई सम्बन्धित विद्यालयको प्रधानाध्यापकको सिफारिसमा भर्ना गरिने वडा कार्यालयले जनाएको हो ।
छुट भएका विद्यार्थीलाई स्वयंसेवक परिचालन गरी भर्ना तथा पुस्तक वितरण घरघरमै पुगेरै गरिने वडाध्यक्ष सुकदेव रिसालले बताउनुभयो । भर्ना यहि बैशाख २६ गते भित्र गरिसक्ने उहाँले जानकारी दिनुभयो ।
वडा अध्यक्ष रिसालका अनुसार स्थानीय सरकारको समन्वयमा नयाँ शैक्षिक सत्रको लागि विद्यालयको विद्यार्थी संख्या अनुसार पुस्तक वितरण गर्न विद्यालयका शिक्षक परिचालन गरिने छ ।
सामाजिक दुरी कायम गरी घरघरमा गएर गृहकार्य दिने र परीक्षणको व्यवस्था गर्ने विषयमा पनि छलफल गरिने वडा कार्यालयले जनाएको छ । धुस्कुनमा आठ वटा विद्यालयमा ६ सय जना विद्यार्थी अध्यायनरत छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here