काठमान्डु ।। कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित अमेरिकामा सङ्क्रमितको सङ्ख्या १० लाख नाघेको छ ।
अमेरिकामा मात्रै १० लाख १० हजार ५ सय ७ जना मानिसमा कोरोनाको सङ्क्रमण भएको छ । ५६ हजार ८ सय ३ नागरिकको भाइरसका कारण मृत्यु भएको छ । इटलीमा कोरोेनाका कारण २६ हजार ९ सय ७७ मानिसको मृत्यु भएको छ भने १ लाख ९९ हजार ४ सय सङ्क्रमित भएका छन् ।
विश्वभर नै गरेर ३० लाख ३१ हजार २ सय १३ मा कोरोनाको सङ्क्रमण देखिएको छ । जसमध्ये ९ लाख ३० हजार ६ सय ७ जना निको भएर घर फर्किएका छन् । विश्वभर नै २ लाख १२ हजार ३ सय ३६ जनाको भने कोरोनाको कारण मृत्यु भएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।