रौतहट ।। महासंकटको यस घडिमा रौतहटको माधोपुर निवासी समाजसेवी बैजु यादव उर्फ बैधनाथ प्रसाद यादवले एकै दिन ठुलो संख्यामा राहत सामग्रि सहयोग गरेका छन ।

निकै दयालु स्वभावका समाजसेवी बैजु यादवले आफना निजी लगानीबाट माधवनारायण नगरपालिका ६ माधोपुरमा ६ सय गरिव परिवारहरुलाई राहत वितरण गरेका छन ।

विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नको लागि सरकारले लागु गरेको लकडाउनका कारण समस्यामा परेका अति गरिव, जस्तै डोम, चमार, मुसहर, हलखोर, बैठा, तत्मा लगाएत अति विपन्न परिवारहरुलाई आफना निजी लगानीमा विभिन्न खाद्यान्न सामग्रि सहयोग गरेको समाजसेवी बैजु यादवले बताएका छन ।

समाजसेवी यादवले माधोपुरका ६ सय परिवारलाई प्रति परिवार १० किलो चामल, १÷१ किलो दाल, नुन, आलु, प्याज र आधी लिटर खाने तेल वितरण गरेका हुन । लकडाउनको यस समयमा घर बाहिर निस्कन प्रतिबन्ध लागेको र सबै कामकाज पन बन्द भएकोले दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने गरिव, असाहाय परिवारलाई खानपिन गर्न समस्या भएपछि त्यस्ता परिवारहरुलाई आफु आफनै तर्फबाट सक्दो सहयोग गरेको र अझै सहयोग गरिने रहने समाजसेवीस बैजु यादवले बताए ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशव्यापी रुपमा गरेको लकडाउनका कारण दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाउनेहरुलाई अहिले खानपिनमा समस्या भएपछि खाद्यान्नको अभावमा कसैलाई पनि मर्न नपरोस भन्ने उदेश्यका साथ गरिव परिवारहरुलाई आफु राहत बाँडेको उनले बताए ।

महाविपदको समयमा पनि माधोपुरमा कुनै नेता वा कसैले पनि सहयोग नगरेको अवस्थामा समाजसेवी बैजु यादव आफनै लगानीमा ६ सय परिवारहरुलाई राहत वितरण गरी निकै सराहनीय काम गरेको भन्दै उनको सर्वत्र प्रशंसा भइरहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here