काठमान्डु ।। सरकारले विवादित २ अध्यादेश खारेज गरे पनि नेकपाका स्थायी कमिटिका सदस्यहरूले प्रधानमन्त्रीको भूमिका बारेमा समीक्षा गर्न स्थायी कमिटि बैठक बोलाउनुपर्ने अडान लिएका छन् ।

४ दिन अघि मात्र नेकपाका २० प्रभावशाली नेताहरुले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तत्काल स्थायी कमिटिको बैठक बोलाउन मौखिक एवं लिखित माग गरेका थिए ।

सीआईएनसँग कुराकानी गर्दै नेकपाका स्थायी कमिटि सदस्य देवेन्द्र पौडेलले पार्टी एकतादेखि सरकारका कामकारबाहीको सीमक्षाका लागि बैठक तत्काल बोलाउनुपर्ने बताउनुभयो । राजनीतक दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारले ल्याएपछि नेकपाभित्रै र चौतर्फी विरोध भएको थियो ।

विरोधकाबीच हिजो सरकारले दुवै अध्यादेश फिर्ता लिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै अध्यादेश खारेज गर्नु भएको छ ।

यसैबीच अध्यादेश बारेको विवाद, कोरोना भाइरसल लगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच छुट्टाछुट्ट र त्रिपक्षीय छलफल गर्नुभएको छ ।

हिजो प्रधानमन्त्री ओली र काँग्रेस सभापति देउवाले एक्लाएक्लै बालुवाटारमा एक घण्टा भेटवार्ता गर्नुभएको थियो । ओली र देउवाबीचको छलफल सकिएपछि नेकपाका अर्का अध्यक्ष प्रचण्ड पनि छलफलमा सहभागी हुनुभएको थियो ।

एक घण्टा द्विपक्षीय छलफल भएपछि अध्यक्ष प्रचण्डसहित त्रिपक्षीय छलफल भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सीआईएनसँग बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here