काठमान्डु ।। त्रिभुवन विश्वविद्यालयले मातहतका सबै आंगिक क्याम्पस र कलेज तथा केन्द्रीय विभागहरुका सम्बन्धन प्राप्त क्याम्पसहरुलाई अनलाइनबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको छ ।

सरकारले जारी गरेको बन्दाबन्दीको आदेशका कारण प्रत्यक्ष रुपमा पठनपाठनको वातावरण नभएको भन्दै अनलाइनबाट कक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालय रजिस्टारको कार्यालयले निर्देशन दिएको हो ।

रजिस्टार प्राध्यापक डा पेशल दाहालले विद्यार्थीहरुको शैक्षिक वर्षमा असर नपरोस् भन्ने उद्देश्यले प्रयोगात्मकबाहेक त्रि.वि.का स्वीकृत सबै कार्यक्रम र विषयहरु विद्यतीय माध्यमबाट समेत अध्ययन अध्यापन गर्न सकिने व्यवस्था प्राज्ञिक परिषद्ले गरेको जानकारी दिनुभयो ।

त्रि.वि कार्यकारी परिषदले कार्यान्वयनमा ल्याएको “विद्युतीय माध्यमबाट गरिने कक्षा सञ्चालन सम्बन्धी निर्देशिका बमोजिम कक्षा सञ्चालनको व्यवस्था गर्न सबै डीन कार्यालयहरुमा परिपत्र गरेको छ । आआफनो डीन कार्यलयसंग समन्वय गरी विद्युतीय माध्यमबाट कक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले भनेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here