काठमान्डु ।। सरकारी निकायका कर्मचारीलाई प्रदान गर्दै आएको तलबको ५० देखि शतप्रतिशतसम्मको प्रोत्साहन भत्ता राकिने भएको छ । चारीले पाउँदै आएको प्रोत्साहन भत्ता स्थगित भएको अर्थ मन्त्रालयले जनाएको छ ।
सरकारले औपचारिक रूपमा कर्मचारीहरूलाई बन्दाबन्दीभर प्रोत्साहन भत्ता नदिने या स्थगन गर्ने निर्णय भने गरेको छैन ।
धेरैजसो कार्यालय बन्द रहेको र कामसमेत बन्द रहेका कारण कर्मचारी कसैलाई पनि चैत महिनाको प्रोत्साहन भत्ता नदिइएको र बन्दाबन्दी रहेसम्म नदिइने अर्थ मन्त्रालयले बताएको छ ।
कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निकायमा राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, सतर्कता केन्द्र, अख्तियार र महालेखा परिक्षकको कार्यालयसहित सबै संवैधानिक निकाय, भन्सार तथा आन्तरिक राजस्व कार्यालय लगायतका रहेका छन् ।