रौतहट ।। रौतहट जिल्लामा कोभीड़ १९ को संक्रमण भएको व्यक्तिलाई उपचार गर्नमा सहयोग पुग्ने उदेश्यले वर्ल्ड भिजन इंटरनेशनल नेपालले सहयोग गराएको कोभीड़ १९ प्रतिकार्यको पीपीई सेट तथा थर्मल गण शुक्रवार प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाइ हस्तानान्तरण गरिएको छ ।
ग्रामीण विकास केन्द्र नेपाल रौतहटले जिल्ला प्रसाशन कार्यालयमा आयोजना गरेको पीपीई सेट हस्तानान्तरण कार्यक्रममा सहयोगी सस्थाका ब्रह्मदेव रायले उक्त सामग्री हस्तानान्तरण गरेका हुन ।
उपलब्ध गराइएको पीपीई सेटमा २० किसिमका सुरक्षाको सामग्री रहेको छ । ४ वटा इलेक्ट्रोनिक थर्मोमीटर गण दिइएको आयोजक सस्थाका अध्यक्ष पारस हुसैनले बताएका छन । पीपीई सेटमा एन९५ मास्क १ थान , सर्जिकल मास्क १ , चिकित्सा सुरक्षा लुगा १ , बुफ्कान्ट कैप ब्लू , एक्सामिनाशंस ग्लोव्स , शू कवेर , भाइजोर मास्क , हुड एंड कम्फैट गाउन १ , गमबूट १ , बिआहैजर्ड बैग १ , नन वीमेन कैरी बैग १ डिस इन्फेक्शन्स १ , हैण्ड वास १ थान रहेको छ ।
प्रमुख जिल्ला अधिकारी घीमीरीले महामारीको बेलामा ग्रामीण विकास केन्द्र नेपालले सक्दो सहयोग गर्दै आएको भन्दै सहयोगी सस्था समेत लाइ आभार व्यक्त गरेका छन । कार्यक्रममा आयोजक सस्थाका कोषाध्यक्ष ममता झा , कार्यकारी निर्देशक आलोक सिंह सहितका व्यक्तिहरूको उपस्थति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here