रौतहत ।। रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर ९ ब्रह्मपुरीमा रहेका श्री माध्यमिक विद्यालयले कोभीड़ १९ को संक्रमणको उच्च जोखिमको नियंत्रण गर्ने उदेश्यले नेपाल सरकारले घोषणा गरेको लकडाउनको कारण रोकिएको शैक्षिक सत्र २०७६ को वार्षिक परीक्षाको सामाजिक संजाल मार्फत शुक्रवार नतीजा प्रकाशन गरेको छ ।
माध्यमिक विद्यालय ब्रह्मपुरी रौतहट नामक फेसबुक पेजमा वार्षिक परीक्षाको नतीजा सार्वजनिक गरिएको विद्यालयका प्रधानाध्यापक दीपेन्द्र प्रसाद श्रीवास्तवले जानकारी गराएको छ । भाइरसको प्रकोप तथा लकडाउनको घरमा रहेका विद्यार्थी र अभिभावकलाइ परीक्षाफलको बारेमा सहज रुपमा जानकारी पाउन सकिने उदेश्यले सामाजिक संजाल मार्फत परीक्षाको नतीजा प्रकाशित गरिएको उहाले बताए ।
विद्यालयले सामाजिक संजाल प्रयोग गरेर कक्षा ४,५,६,७,९ को नतीजा प्रकाशित गरिएको र बाकी कक्षाको पनि नतीजा प्रकाशित गर्दै जाने विद्यालयका सुचना प्रमुख तथा परीक्षा समितिका सदस्य राम विश्वास मुखियाले जनाएको छ । फेसबुक पेजमा विद्यार्थीको नाम , प्राप्तांक अंक , प्रतिशत र डिभिजन श्रेणी उल्लेख गरिएको छ । विद्यालयमा अध्यन गर्ने विधार्थीको आगामी कक्षाको तयारी गर्ने अवसर प्रदान गरिएको छ ।
घरमै बसेर परीक्षाको नजीता हेर्न पाउने भएपछि विद्यार्थीहरुमा खुशियाली छाएको छ । सरकारको निर्णयको पलना गर्दै विद्यालयले सो कार्य गरेको छ । रौतहट जिल्लामा सामाजिक संजाल मार्फत नजीता प्रकाशन गर्ने पहिलो विद्यालयको सूचीमा परेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here