काठमान्डु।। गाउँपालिका राष्ट्रिय महासङ्घले कोभिड १९ बाट प्रभावितलाई गुणस्तरहीन राहत वितरणमा जनप्रतिनिको संलग्ना भएको बारेमा ध्यानाकर्षण भएको जनाएको छ ।

महासङ्घका अध्यक्ष हामेनारायण श्रेष्ठले केही जिल्लामा गुणस्तरहीन राहत सामग्री वितरणमा जनप्रतिनिनिको संलग्नता भएको बारेमा आफूहरुले सत्यतथ्य छानबिनका लागि माग गरिएको र दोषी भेटिनेलाई कारबाहीका लागि प्रहरीप्रशासनलाई सहयोग गरिने बताउनुभयो ।

संगम खवरसँग कुराकानी गर्दै अध्यक्ष श्रेष्ठले विकृतिहरूको चिफार गर्दै स्थानीय सरकारबाट भएका राम्रा कामको पनि उजागर गरिदन सञ्चारमाध्यमसँग आग्रह गर्नुभयो ।

कोभिड १९ को महामारीमा जनप्रतिनिधिलाई बदनाम गर्ने षड्यन्त्र भइरहेको भन्दै सचेत भएर विपन्न नागरिकलाई राहत वितरण र व्यवस्थापनमा लाग्न पनि सबै गाउँपालिकाका प्रतिनिधिसँग अनुरोध गर्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here