काठमान्डु ।। नोबेल कोरोना भाइरस अर्थात कोभिड १९ बाट प्रभावित भएकाहरूको गुनासो सुनुवाइका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आजबाट हटलाइन सेवा सुरु गर्ने भएको छ ।

कोभिड १९ का कारण अलपत्र परेका, राहत नपाएका वा अनियमितता भएकालगायतका अरु समस्या सुन्ने र उनीहरूको गुनासो तत्कालै सम्वोधनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय गर्नका लागि मन्त्रालयले यो सेवा सुरु गर्न लागेको हो ।

कोभिड १९ प्रभावितले बिहान १० देखि साँझ ६ बजेसम्म फोन तथा एसएमएस पठाउन सक्ने मन्त्रालयका प्रवक्ता, सहसचिव बसन्त अधिकारीले सीआईएनसँग बताउनुभयो । राहत वितरणमा इमान्दारिता र पारदर्शिता कायम गर्न पनि उहाँले कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।

प्रवक्ता अधिकारीका अनुसार कोरोना प्रभावितका गुनासो सुनेर समन्वयका लागि ७ जना उपसचिवलाई मुख्य व्यक्ति तोकिएको छ । वितेको चार दिनमा उनीहरूले ८ सय गुनासो सम्वोधनका लागि समन्वय गरेका छन् ।

हालसम्म मुलुकभरका सबै स्थानीय तहले ८ लाख २८ हजार कोरोना प्रभावित घरपरिवारले राहत वितरण गरेको पनि मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here