काठमान्डु ।। सङ्घीय संसद सचिवालयले संसदको बजेट अधिवेशनका लागि तयारी सुरु गरेको छ । सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाको निर्देशनमा सचिवालयले सांसदहरूबी दुरी कायम हुनेगरी बस्ने व्यवस्था गर्ने र स्यानिटाइजर लगायतका सुरक्षाका सामग्रीको व्यवस्था गर्ने गरी तयारीलाई तीव्रता दिएको हो ।

बजेट अधिवेशनका लागि निर्धारित समय नजिकएका कारण सचिवालयले तयारी सुरु गरेको सङ्घीय संसद सचिवालयका कार्यवाहक महासचिव गोपालनाथ योगीले सीआईएनसँग बताउनुभयो । बजेट अधिवेशन आह्वानको निर्णय गरेर सिफारिसपछि राष्ट्रपतिले संसदको अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ ।

अधिवेशन बोलाउने बारेमा सभामुख सापकोटा र राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले सरकारलाई पनि अनुरोध गर्नुभएको छ । सरकारले भने तत्काल अधिवेसन आह्वान गर्नु आबश्यक नरहेको बताएको छ । पधानमन्त्रीका पेस सल्लाहकार सूर्य थापाले सरकार आजभोलिमा नै अधिवेशन बोलाउने पक्षमा नरहेको बताउनुभयो । उहाँले महामारीको संकटसँग लडिरहेका बेला अधिवेसन बोलाउनु आबश्यक नरहेको पतिक्रिया दिनुभयो ।

अघिल्लो वर्षको वर्षे अधिवेशन बैशाख ८ गते आह्वान भएर १६ गतेदेखि सुरु भएको थियो । यस वर्ष कोरोना भाइरसको संक्रमण रोकथामका लागि वैशाख १५ गतेसम्मका लागि सरकारले लकडाउनको घोषणा गरिसकेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here