काठमान्डु ।। प्रमुखप्रतिपक्षी नेपाली काँग्रेससहित बिपक्षी दलहरुले तत्काल संसद अधिवेशन बोलाउन माग गरेका छन । उनीहरुले अध्यादेश फिर्ता लिन माग गर्दै ६ बुँदे साझा धारणा सार्वजनिक गरेका छन् । काँग्रेसले बोलाएको विपक्षी दलहरुको बैठकमा समाजवादी, राजापा र राप्रपाका नेताहरु सहभागी थिए ।

काँग्रेस पार्टी कार्यालय सानेपामा आज बसेको बैठकपछि काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले सीआईएनसँग अरु राजनीतिक दल, सरोकारवालासँग पनि छलफल गर्ने निर्णय भएको बताउनुभयो । यसैबीच नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

यही वैशाख १७ गते दिउँसो १ बजे बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका प्रमुख सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिको छ । सरकारले ल्याएका दुई अध्यादेशको विषयमा बंठकमा प्रमुख रुपमा छलफल हुने जनाइएको छ ।

आज मात्रै कांग्रेसका ११ जना केन्द्रीय सदस्यहरुले वर्तमान सरकारले शासन सञ्चालनको वैधता गुमाइसकेको ठहर गर्दै आन्दोलनबारे ठोस निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाउन माग गरेका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here