रौतहट ।। विश्व नोभेल कोरोना (कोभिड—१९) बाट जोगिन गौर नगरपालिकालाई गौरका समाजसेवी मोहन यादवले सेनिटाईजर पाउडर सहयोग गरेको छ ।
आज सनिवार समाजसेवी एवमं नेपाली काग्रेसका युवा नेता समेत रहेका मोहन यादवले, विश्व कोरोना महामारीबाट पिडित भईसकेको अवस्थामा गौर नगरवासीलाई कोरोना संक्रमण हुनबाट जोगाउन आफ्नो व्यक्तिगत सहयोगबाट ३३ प्रतिशत कलोरीन सहितको सेनिटाईजर पाउडर सहयोग गर्नु भएको हो ।
युवा नेता यादवले, सेनिटाईजर पाउडर गौर नगरपालिकालाई ४ सय ५० किलो, जिल्ला प्रहरी कार्यालय रौतहटलाई ५० किलो र सशस्त्र प्रहरी कार्यालय रौतहटलाई ५० किलो आजै सनिवार हस्तान्तरण गरेको बताए ।
अहिले संकटको घडीमा, सवैले आआफ्नो ठाउँबाट हुन सक्ने सहयोग गरे मात्र विपदा संग लडन सकीने भएको भन्दै, युवा नेता यादवले, सरकारले गरेको लकडाउनको सवै नगरवासीले पालना गरे मात्र कोरोना संगको लडाई जित्न सकिने भएकोले आ आफ्नो घरमै बसी सहयोग गर्न संगम खवर संगको कुराकारनीमा नगरवासी संग आग्रह गरे ।
त्यस्तै, गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले, युवा नेता यादवको सहयोगले कोरोना संगको लडाईमा थप सहयोग पुगेको बताउदै, यस्तो महाविपदा संग सवैको सहयोगमा मात्र जित्न सक्ने बताए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here