रौतहट ।। विश्वभर महामारीको रुपमा फैलिएको कोभीड—९० संक्रमणको सन्त्रास एवं जोखिमपूर्ण महाविपत्तिको समयमा प्रदेश नं. २ को सरकार असफल भएको भन्दै प्रदेश वासी एक युवाले मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई खुल्ला पत्र दिएको छ ।
प्रदेश २ का सरकारले आफु हाल सम्म प्रदेशमा केही गर्न नसक्नु सरकार असफल भएको भन्दै, सर्लाही ईश्वरपुर २ निवासी चन्द्र भुषण साहले आफ्नो समाजिक संजालन फेसबुक मार्फत यस्तो खुल्ला पत्र मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई दिएको छ ।
साहले, अफ्नो असफलतालाई ढाकछोप गर्न प्रदेश सरकारले, अनावश्यक रुपमा यस्ता महाविपत्तिमा आफुले गर्ने कामहरु समेत स्थानिय प्रशासन, स्थानीय तहलाई दिनुले प्रमाणित गरेको बताए ।
साहको मुख्यमन्त्री लालबाबु राउत गद्दीको लागि लेखिएको खुल्ला पत्रको पूर्ण पाठ यस्तो रहेको छ ।

मा. मुख्यमन्त्रीज्यू,
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय,
२ नं. प्रदेश, जनकपुरधाम ( नेपाल ।

विश्वभर महामारीको रुपमा फैलिएको कोभीड—९० संक्रमणको सन्त्रास एवं जोखिमपूर्ण यस महाविपत्तिको संवेदनशील समयमा तपाई नेतृत्वको सरकारले अस्पतालहरुको स्तरोन्नति, आईसोलेशन निर्माण, राहत, स्वास्थ्यकर्मीहरूका लागी कोरोना विशेष वीमा लगायतका केहि सकरात्मक कार्यक्रमहरु घोषणा गरेको छ, जुन अवश्य पनि प्रशंसनीय छ । तर विडम्बना भनौं या दुर्भाग्य प्रदेश सरकारको पछिल्ला केहि घोषणाहरु एवं निर्णयहरु हेर्दा “काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर“ भन्ने लोक भनाईसंग मेल खाने किसिमको देखिन्छ । जुन निराशाजनक मात्र नभई संघीयताको मुल मर्म र भावना विपरीत पनि छ ।
प्रदेश सरकारले आफ्ना अधिनस्थरमातहतका मानव संसाधन (कर्मचारी) लगायतका अन्य स्रोत(साधन र संरचनाको मद्दतले यस संकटपूर्ण समयमा अग्रमोर्चामा रही युद्धस्तरमा आफ्नो जनताको सेवा तथा सुरक्षा गर्नुपर्ने अपरिहार्यता छ । तर प्रदेश सरकार आफू कुनै काम नगरी संघ मातहतका ईकाईहरु तथा स्थानीय तहहरूप्रति लगभग पूर्णरुपमा आश्रितरनिर्भर भैसकेको छ । जबकि स्थानीय तहसंग आवश्यक साधनस्रोतको उपलब्धता, परिपक्व नेतृत्व, दक्ष जनशक्ति(कर्मचारी) जस्ता कुराहरुको व्यापक कमी छ । यसरी आफ्नो आधारभूत जिम्मेवारीहरुबाट बिमुख भई, महाराजा शैलीमा स्थानीय तहलाई १०र१५ लाख रकम दिएको भरमा सबै कामकाजको जिम्मेवारी थुपार्दा नतीजा कस्तो आउछ, सहजै अनुमान गर्न सकिन्छ ।
प्रत्येक जि.प्रहरी.का.लाई ५ लाखको दरले र त्यसैगरी जेललाई २० लाखको दरले , जिप्रकालाई ५० लाखको दरले स्पष्ट परिभाषित कामविना नै सोझै रकम वितरण गर्नु आफुलै पाएको बजेट खर्च गर्न नसकेको अकर्मण्यता ढाकछोप गर्ने दाउमा प्रदेश सरकार लागिपरेको कुरा यहाँबाट स्पष्ट बुझ्न सकिन्छ ।
बाहिरबाट आएका व्यक्तिहरुको पहिचान, संक्रमित व्यक्तिको Contact Threshing, जोखिमयुक्त व्यक्ति र क्षेत्रको वर्गीकरण, वैज्ञानिक अभिलेखिकरणको अवस्था काहाँ के छ भन्ने प्रश्न त परै जाओस् हालसम्म एउटा ठोस संयन्त्र समेत खडा गर्न नसक्नुको प्रमुख कारण के हो मुख्यमन्त्रीज्यू ? त्यसैप्रकार स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारीहरुका लागी अझसम्म गुणस्तरीय स्वास्थ्य सुरक्षा सामाग्रीहरु समेत उपलब्ध गराउन सक्नु भएन किन ?
भारतसंग रोटीबेटीको परस्पर सम्बन्ध एवं खुल्ला सिमाका कारण पनि अन्य प्रदेशको तुलनामा यो प्रदेश थप जोखिमयुक्त र विशेष संवेदनशील हुनु स्वभाविक नै हो तर विडम्बना संघ (केन्द्र सरकार) ले उपलब्ध गराएको एऋच् परिक्षण प्रविधिका अलवा हालसम्म प्रदेश सरकारले रोगरसंक्रमण परिक्षणका लागि कम्तिमा तत्काल आफ्नो तर्फबाट उच्च जनघनत्वलाई मध्यनजर गर्दै सुविधासम्पन्न परिक्षणशालाहरु ( RT- (PCR Labs ) निर्माण गर्न त परै जाओस् दुर्भाग्य यस संकटको सामना गर्न अधिकारसम्पन्न एउटा उच्चस्तरीय समिति समेत बनाउन सकेको छैन किन ? यी र यस्ता प्रश्नहरुको जवाफ बिना नै अहिले सस्तो लोकप्रियताका लागी कृषि कर्जामा ब्याज छुटको घोषणा गर्ने तपाईहरूको महान चर्तिकलालाई हामिले के बुझ्ने ? आम जनताको स्वास्थ्य र सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आफ्नो कामकार्वाही तत्काल अगाडि बढाउने हैसियत प्रदेश सरकारसंग छैन ? यस महाविपत्तिरसंकटको समयमा आखिर के गर्दै छ प्रदेश सरकार ? जवाफ चाहियो मुख्यमन्त्रीज्यू !
( चन्द्र भुषण साह ( cb2049@gmail.com )
ईश्वरपुर(२, सर्लाही, प्रदेश नं. २, नेपाल ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here