रौतहट ।। नेपाली काग्रेस पार्टी रौतहटका सभापत कृष्ण प्रसाद यादबले कोरोना परिक्षणको दायरा बढाउन मागँ गरेको छ ।
आज एक विज्ञप्ती जारी गरि सभापती यादबले, विश्वमा फैलँदै गएको कोभिड– १९ को सङ्क्रमण नेपालमा पनि बढ्न सक्ने भएकाले कोरोना परीक्षणको दायरा तत्काल सबैको सरल पहुँच हुने गरी सहज बनाउन आवश्यक देखिएको हुनाले परिक्षणको दायरा बढाउन आग्रह गरेका छन ।
सभापती यादबद्वारा जारी विज्ञप्तीमा, देशभरका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक सेवामा खटिने कर्मचारीलाई गुणस्तरीय व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराउन सरकारको ध्यानाकर्षणसमेत गराउन चाहन्छौ ।
रौतहटमा रहेका श्रमजीवी मजदुर र विपन्न वर्गलाई तत्काल खाद्यान्नलगायतका राहत सामग्री वितरणको व्यवस्था र कोरोना भाइरस रोकथाम तथा उपचारका लागि सम्पूर्ण तहमा संकलन गरिएको रकम ठीक ढंगले वितरण हुनुपर्छ ।
रौतहट जिल्लाभरका नेताकार्यकर्तालाई कोरोनाबारे जनचेतना फैलाउन र आइपरेको समस्या समाधानका लागि पहल गर्न आवश्यक देखिन्छ छ ।
नेपाली कांग्रेस रौतहटको निर्वा्चित सबै नगरपालिका प्रमुख ,वार्ड अध्यक्ष जिल्ला सदस्यहरु ,क्षेत्रीय सभापतिहरु , नगरसभापतिहरु र माहासमिती सदस्यहरु र माहाधिवेशन प्रतिनिधिहरु एवम क्रुयाशिल सदस्यहरु समाजिक रूपमा परि परि आएको जस्तोसुकै समस्या समाधान गर्न र गरिब दिन दुस्खी मजदुरलाई दुस्खद घडीमा आ–आफ्नो स्थानीय निकायमा राहत वितरण आवश्यक सहयोग गर्न हुन विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here