रौतहट ।। माधवनरायण नगरपालिकाकाले  कोरोना भाईरसबाट विश्व पिडित बनेको अवस्थामा आफु बचौ र अरुलाई बचाउन आम नागरवासी संग आनुरोध गरेको छ ।
 माधवनरायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले आज एक सुचना जारी गरि कोरोनाबाट संक्रमीक भई रोगबाट ग्रसीत हुनु भन्दा आफु र अन्य व्यक्तिलाई सजक र सर्तक हुनु नै उचित भएकोले संक्रमणबाट बच्न विभिन्न उपायहरु अपनाउन आग्रह गरेका छन् ।
 सुचना अनुसार 
 १) अनाबश्यक रुपमा भीडभाडमा नजाने, सके सम्म घरभित्रै बस्ने ।
 २) घर बाहिर जाने पर्ने भए मास्क अनिवार्य लगाएर जाने ।
 ३) कमैसँग हात नमिलाउने कम्तिमा १ मिटर टाढा बाट नमस्कार गर्न ।.
 ४) खोक्दा, हाछयू गर्दा रुमालले नाक, मुख छोप्ने ।
 ५) हाथ सावुन पानिले राम्रो संग धुने ।
 ६) बजार तथा पसल जानु पर्ने भएमा समुह बनाई नजाने ।
 ७) पसलमा भिड भाड भए एकछिन पर्खने र भिड कम भए पछि मात्र पसलमा जाने । जस्ता संदेश भनिएको छ । 
कोरोनाबाट पिडीत हुनु भन्दा पहिलो सचेत हुने प्रमुख कायस्थको आग्रह
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		