रौतहट ।। रौतहटको सदरमुकाम गौर नगरपालिकाको नगरप्रमुख अजय कुमार गुप्ताले कोरोना भाइरस(केभिड–१९) का शंकास्पद बिरामी राख्नको लागि आफनो होटललाइ क्वारेन्टाइनका लागि दिने घेषणा गरेका छन् । नगर प्रमुख गुप्ताले आज बिहान आफनो फेसबुक मार्फत कोरोना भाइरसका संक्रमित बिरामीलाई आज देखि गौर–५ मा रहेको ४० बेडका मेरो होटल सिया पैलेस कोरोना भइरसको शंकास्पदहरुलाई राख्नको लागी क्वारेन्टाइनको दिने घोषणा गर्दछु ।

कोरोना भाइरसको समस्या समाधान नहुनजेल सम्मका लागि २२ कोठामा ४० बेड भएको होटल सिया प्यालेस क्वारेन्टाइन बनाउनका लागि निशुल्क उपलब्ध गराउने नगर प्रमुख गुप्ताले बताए । विश्व कोरोनाको संकटमा लडिरहेको बेला आफूले व्यक्तिगत तर्फबाट पनि यसमा उत्तरदायित्व निभाउन यो निर्णय गरेको मेयर गुप्ताले बताए । नगरप्रमुखको रुपमा कोरोनाविरुद्ध लड्न समग्र नगरवासीको हितमा काम गरिरहेको भएतापनि व्यक्तिगत रुपमा पनि केही गर्नुपर्छ भन्ने सोचले यो निर्णय गरेको उहाँको भनाइ रहेको छ । उहाँले सो होटलको व्यवस्थापनको सम्पूर्ण अधिकार आज सोमवार देखि प्रमुख जिल्ला अधिकारीलाई दिने र स्थानिय प्रशासनले आवश्यक परेको दिनसम्म सो होटलमा क्वारेनटाइन बनाउन सक्ने जानकारी दिनुभयो । क्वारेन्टाइन बनाउन स्थानिय प्रशासनलाई हस्ताण्तरण गरेपछि त्यसलाई कुन ढंलले संचालन गर्ने बारेमा सम्पूर्ण निर्णय स्थानिय प्रशासनमा निहित रहेको र परेको खण्डमा गौर नगरपालिका र आफुले सकेको सहयोग प्रदान गर्ने गुप्ताले प्रतिवद्धता गर्नुभयो । यस्तो संकटको घडीमा सबैले सक्दो सहयोग गर्नु पर्ने बताउदै मेयर गुप्ता, ‘ केही भए आफ्नो व्यक्तिगत तर्फबाट योगदान गरौँ भने निर्णय गरेको बताए । यो संकटको घडीमा एकजुट भएर कोरोना विरुद्ध लड्न मेयर गुप्ताले सवै संग आग्रह गरे । सिया प्यालेस होटेल गौरको एक मात्र सुविध सम्पन्न होटल रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here