काठमाडाैं ।। काठमाडाैंमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण देखिएको छ ।

गएको चैत ४ गते फ्रान्सबाट कतार ट्रान्जिट हुँदै नेपाल आएकी नेपाली युवतीमा कोरोनाको सङ्क्रमण देखिएको र उनको उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । 

सोमबार मन्त्रालयमा भएको पत्रकार सम्मेलन उहाँले युवतीको सम्पर्कमा रहेका सबै व्यक्तिलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । 

यसअघि चीनको वुहानबाट फर्किएका अर्का नेपालीमा पनि कोरोनाको सङ्क्रमण देखिएको थियो । उनी अहिले निको भएर घर फर्किसकेका छन् । त्यसबाहेक परीक्षण गराएका मध्ये कसैलाई पनि कोरोनाको सङ्क्रमण देखिएको थिएन । 

श्रोत ः उज्यालो अनलाईन

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here