काठमाडाैं ।। नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायसँग संवाद सुरु गरेको छ । आवश्यक अनुभव आदानप्रदान र मेडिकल सहयोगको माग गर्दै चीनलाई औपचारिक पत्राचार गरेको छ । चीन सरकारले आवश्यक मेडिकलदेखि प्राविधिक जनशक्तिसहितको सहयोग दिने प्रस्ताव नेपाल सरकारलाई गरेको थियो । नेपालले सहयोग लिने सूचीको विषयमा भने दुई मुलुकका स्वास्थ्य अधिकारीबीच आज हुने भिडियो कन्फरेन्समा छलफल हुनेछ । त्यसक्रममा अनुभव आदानप्रदान र सहयोगको विषयमा कुरा हुने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभएको छ । चीनको हुबेई प्रान्तको वुहान सहरबाट फैलिएको कोभिड–१९ संक्रमणलाई चिनियाँ सरकारले लगभग नियन्त्रण गरेको जनाएको छ । अमेरिकी सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि नेपाललाई थप करिब २१ करोड रुपैयाँ सहयोग गरेको छ । नेपालस्थित अमेरिकी दूतावासका अनुसार कोरोना प्रकोपविरुद्धको तयारी तथा प्रतिकार्यलाई सशक्त बनाउन उक्त रकम सहयोग गरिएको हो ।
Home मुख्य समाचार कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायसँग संवाद सुरु
कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समुदायसँग संवाद सुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।