लहान ।। सिरहाको कर्जन्हा न- पा – स्थित रहेको नेपाल राष्ट्रिय फुलकुमारी महतो उच्च माध्यमिक बिधालय बन्दिपुर को मंगलबार चयन हुन लागेको नया व्यवस्थापन समिती समान्य बिवाद्का कारण गठन हुन सकेन।स्थानीय केही ले स्कुलमा रकम हिना भिना भएको भन्दै व्यवस्थापन समिती गठन हुने प्रक्रिया अनिश्चितकालका लागि स्थगित गरिएको छ। बिधालय शान्ति क्षेत्र हो यसमा बिवाद नगरौ राम्रो कामको मुल्यांकन सही तरिका ले गर्नु पर्छ।यदि रकम हिनामिना भएको छ भने रकम हिनामिना गर्ने जो सुकै लाई कारवाही हुनुपर्छ ।पुष्टि नभएको कुरा लाई आरोप लगाएर बिधालयलाइ राजनीतिक अखडा बनाउनु कहाँ सम्मको चिन्तन र व्यबहार हो। नेपाल राष्ट्रिय फुलकुमारी महतो उच्च माध्यमिक बिधालय बन्दिपुरले बर्तमान कर्जन्हा नगरपालिका वार्ड न १,२,३ र४ का वडाध्यक्षहरुको रहोवरमा समाजिक लेखा परिक्षण गरि अभिभावक भेलामा प्रस्तुत गर्ने एउटा नया पारदर्शि ब्यवहार लाई उच्च मुल्यांकन गर्दै बिधालय को हक हित र संर्क्षन को लागि नया व्यवस्थापन समिती गठन गर्न लाग्दा स्थानिय केहीले स्कुलमा भ्रष्टाचार भएको भन्दै नया व्यवस्थापन समिती गठन अनिश्चितकालका लागि स्थगित गर्दा शिक्षा क्षेत्रमा कस्तो असर पर्छ? यो गम्भीर र चासो को बिषय हो। २०७६ असोज ६ गते देखि बिधालय ब्यबस्थापन समिति , शिक्षक अभिभावक संघ र समाजिक परिक्षण समिति को म्याद समाप्त भ इ सकेको अबस्थामा बिधालय ले पारदर्शी ठ्ङग ले निर्वाचित वडाअध्यक्ष हरु बाट समाजिक परिक्षण गराइ अभिभावक हरुलाइ बोलाएर आय ब्यय को विवरण प्रस्तुत गर्नु अनियमितता र भर्ट्चार हो? यश बिधालय ले गरेको समाजिक परिक्षण सम्बन्धि कार्यहरु अरु बिधालय र संघ – संस्थाहरुले गर्ने कि नगर्ने प्रश्न को चिन्ह खडा भएको छ। सो बिदालय मा जम्मा ५५० अभिभावक मद्य्ये ५० जनाले हिसाब खोज्न बिधालय मा निवेदन दर्ता गराइ बोदार्थ मा कर्जन्हा नगरपालिका लगायत वार्ड न १,२,३ र ४ लाई समेत दिई समाजिक परिक्षण गर्ने चासो व्यक्त गरेको आशय अनुसार अदिकारिक निर्वाचित पदाअधिकारी हरुले समाजिक परिक्षण गराइ आम अभिभावक भेला मा प्रस्तुति करण गर्दा पनि बिवाद गर्नु आफ्नो राजनैतिक अभिस्ट पूरा गर्ने उदेशय रहेको देखिन्छ । बिगत २५ बर्श देखि कार्यरत शिक्षक प्र- अ- भानुभक्त गौतम लाई लेखा परिक्षण र समाजिक परिक्षण सम्बन्धि सोधपुछ गर्दा प्रत्येक बर्ष को लेखा परिक्षण तथा समाजिक परिक्षण बिदालय मा अवडेट रहेको बताएका छ्न।
बिधालय शान्ति क्षेत्र हो यसमा बिवाद नगरौ
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।