काठमाडाैं ।। कोरोना भाइरस सम्बन्धी जानकारी दिने उद्देश्यले नेपाल टेलिकमले ३२१०० नम्बर डायल गरी सुन्न सकिने व्यवस्था गरेको छ । टेलिकमले ‘एनटी सूचनाको संसार’ सेवामार्फत कोभिड–१९ बारे जानकारीमूलक सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको हो । उक्त नम्बरमा कल गरे पश्चात् कोभिड–१९, यसका लक्षण, फैलने तरिका, उपचार विधि, संक्रमणबाट बच्न अपनाउनु पर्ने उपाय र अपनाउनु पर्ने सावधानी बारे विश्व स्वास्थ्य संगठनले जारी गरेका सूचकका बारेमा जानकारी प्राप्त गर्न सकिने टेलिकमका प्रवक्ता राजेश जोशीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ । ३२१०० नम्बर डायल गरेपछि यस सम्बन्धि थप जानकारी लिनका लागि सरकारका हटलाइन नम्बर समेत थाहा पाउन सकिने टेलिकमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै नेपाल टेलिकम नेटवर्कभित्र फोन गर्दा कलर रिंग ब्याक टोन(सीआरबीटी) मार्फत कोरोना भाइरसबारे सूचना प्रवाह गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here