काठमाडाैं ।। लोक सेवा आयोगले यही चैत आठ गतेदेखि चैत मसान्तसम्मका सबै लिखित परीक्षा स्थगित गरेको छ । यसबीचमा हुने अन्तर्वार्ता परीक्षा भने नरोक्ने आयोगले जनाएको छ । आयोगको आज बसेको पदाधिकारी बैठकले चैत मसान्तसम्मका पुर्वनिर्धारित लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेसँगै बिभिन्न पदका ५० हजारभन्दा बढी परीक्षार्थी प्रभावित भएका छन् । लोक सेवा आयोगले भोलि लिने परीक्षा भने स्थगित हुने छैन । लोक सेवा आयोगले चैत मसान्तभित्रका परीक्षा स्थगित गर्दा एक सय चार वटा विज्ञापनका बिभिन्न पदका परीक्षा प्रभावित हुने भएका छन् । आयोगका अनुसार राजपत्रांकित तृतीय श्रेणीका (प्राविधिक र अप्राविधिक अधिकृत) पद, अधिकृतस्तरकै स्वास्थ्य सेवातर्फका सातौं र आठौं तहका पदका लिखित परीक्षा स्थगित भएका छन् । यही चैत १७ गतेदेखि २६ गतेसम्म अप्राविधिक अधिकृत तहको द्वितीय चरणको परीक्षा निर्धारण गरिएको थियो । गत माघ २५ गतेको पहिलो चरणको परीक्षा पास गरेर द्वितीय चरणको परीक्षाको तयारीमा बसेका करिब तीन हजार पाँच सय ५६ परीक्षार्थी प्रभावित भएका छन् । स्थगित हुनेमा कृषि, इन्जिनियरिङ्ग, वन र विविध सेवा तथा स्वास्थ्य सेवाका सातौं र आठौं तहका अधिकृतको परीक्षा छन् । यस्तै राष्ट्रिय अनुसन्धान विभाग, दुग्ध विकास संस्थान, नेपाली सेना, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपाल नोटरी पब्लिक परिषदका परीक्षाह पनि स्थगित भएका छन् । यसैबीच अन्तर्वार्ता परीक्षा भने नरोकिने लोक सेवा आयोगले जनाएको छ । यसैगरी आज र भोलिका परीक्षा भने रोकिएका छैनन् । आज दुग्ध विकास संस्थान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, केमिकल इन्जिनियर र कृषि भेटेरिनरीका लागि पहिलो पत्रको परीक्षा लिइएको थियो । दोस्रो पत्रको परीक्षा भने चैत हुँदैछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here