काठमाडाैं ।। मोरक्को फुटबल महासंघले फुटबल सम्बन्धी सम्पूर्ण गतिविधि स्थगित गरेको छ । विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको कारण देखाउँदै मोरक्कोले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण गतिविधिमा रोक लगाउने निर्णय गरेको हो । महासंघले पछिल्लो निर्णयले सबै प्रकारका फुटबल गतिविधि प्रभावित बनाउने बताएको छ । मोरोक्कोमा कोरोनाका १७ जना संक्रमित भेटिएपछि सो निर्णय गरिएको हो । कोरोनाकै कारण एक जनाको मृत्यु समेत भइसकेको छ । निर्णयसँगै व्यवसायीक फुटबल लिगका खेल रोकिएका छन् भने एमेच्योर लिग र वुमन फुटबल लिग सहित क्षेत्रीय लिग समेत स्थगित भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here