काठमाडाैं ।। सरकारले एसईई परीक्षा अवधिभर देशभरका परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ । आगामी चैत ६ गतेदेखि सुरू हुने एसईई परीक्षामा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गरेको हो । विश्वव्यापी रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) को संक्रमणबाट परीक्षार्थी प्रभावित हुन सक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्न लागिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता दीपक शर्माले सीआईएनलाई जानकारी दिनुुभयो । मूलुकभर एक हजार नौ सय ९४ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुँदैछ । यसवर्ष चार लाख ८२ हजार दुुइ सय १९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here