लहान । भारतमा कोरोना भाइरस (कोभिड-१९)संक्रमित देखिएपछि सिरहाका दक्षिण बर्ती तीन सिमाना नाकामा हेल्थ डेस्क स्थापना गरिएको छ । सिमाना नाका माडर, बरियारपट्टि र ठाडी मा स्थापना गरिएको हेल्थ डेस्कमा भारतबाट आउनेहरुलाई सोधपुछ र शंका लागेको व्यक्तिलाई ‘इन्फ्रारेड थर्मोमिटर’को सहायताले टाढाबाटै तापक्रम जाच्ने गरिएको छ। यी नाकामा १२ दिन अगाडिदेखि नै हेल्थ डेस्क स्थापना गरिएको थियो तर उपकरण अभावका कारण व्यवस्थित हुन सकेको थिएन् । बिहीबारदेखि त्यहाँ टाढाबाटै तापक्रम नाप्ने ‘इन्फ्रारेड थर्मोमिटर’ राखिएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डाक्टर कृष्णदेव यादवले बताएका छ्न।उक्त नाकामा बिहीबारदेखि बिहान ६ देखि राती १२ बजेसम्म स्वास्थ्यकर्मीको ड्युटी मिलाइएको समेत स्वास्थ्य प्रमुख डाक्टर कृष्णदेव यादवले बताएका छ्न। वहाले सावधानी अपनाउन जिल्लाभरिमा जनचेतना सम्बन्धी जनचेतनासम्बन्धी कार्यक्रम गरिरहेको बताउदै आइसोलेसन वार्ड स्थापनाका लागि पहल भइरहेको बताएका छ्न।
Home प्रदेश समाचार मधेश प्रदेश भारतमा कोरोना संक्रमित देखिएपछि सिरहाका तिन सिमाना नाकामा हेल्थ डेस्क स्थापना
भारतमा कोरोना संक्रमित देखिएपछि सिरहाका तिन सिमाना नाकामा हेल्थ डेस्क स्थापना
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।