काठमाडौं ।। अहिले विश्वभर कोरोना भाइरस (केभिड–१९) को महामारी फैलिरहेको बेला रोकाथामका लागि नेपाल तर्फका चार वटा नाका बाहेक सवै नाका बन्द गर्ने भएको छ । शनिबार रातिबाटै सवै नाका बन्द गर्ने भारत सरकारले निर्णय गरेको छ । तर, नेपाल तर्फका रक्सौल, सुनौली, बनवाशा र रानीगञ्जन नाका बाहेकका सबै नाकाबाट आवतजावत बन्द गर्न लागेको हो। । भिसा नचाहिने नेपाल र भुटानका नागरिकहरुका लागि भने प्रवेश खुल्ला रहने छ । तर तेस्रो मुलुकका नागरिकहरु भने आवत–जावत गर्न पाउने छैनन् ।प्रवेश अनुमति पाएका देशका नागरिकहरुले अनिवार्य परिचय पत्र बोक्नुपर्ने र सिमानामा स्वास्थ्य जाँच गराउनुपर्ने छ ।भारतले नेपाल र भुटानका बाहेक सवै मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ ।
भारतमा अहिलेसम्म ८२ जनामा संक्रमण देखिएको छ ।भारतले सुरक्षा सतर्कता अपनाउँदै सिमानाहरुमा कडाइ गरेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।