एजेन्सी ।। शाहरूख खान अभिनित पछिल्लो रिलिज ‘जिरो’लाई पछि पार्दै वक्सअफिस सुखद् कारोबार गरेको कन्नड सिनेमा ‘केजिएफ’को सिक्वल दर्शकका लागि प्रतिक्षित सिनेमा हो।

सर्वाधिक महँगो बजेटको कन्नड सिनेमा ‘केजिफ २’ले शुक्रबार सिक्वलको रिलिज मिति घोषणा गरेको छ।

सिनेमा यसै वर्षको अक्टुवर २३ मा रिलिज हुने तय भएको छ। कन्नडसहित तेलेगु, तमिल, मलायालम र हिन्दी गरी सिनेमा एकसाथ पाँच भाषामा रिलिज हुनेछ।

प्रशान्त निल निर्देशित सिनेमामा यश, श्रीनिधि शेट्टी, संजय दत्त तथा रविना टन्डनको मुख्य भूमिका हुनेछ,सिनेमा संजय खलनायकको भूमिकामा हुनेछन् भने रविना यसै सिनेमाबाट कमब्याक हुँदैछिन्।

५० देखि ८० करोड भारूको महँगो बजेटमा तयार भएको सिनेमाले अनुमानित २५० करोड भारू कमाइ गरेको बताइन्छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here