काठमाडौं ।। समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईले विश्वभर अहिले फैलिरहेको कोरोना भाइरसको संक्रमणबारे उच्च सतर्कता अपनाउनु पर्ने बताउनु भयो ।
केहि दिनका लागि विद्यालय बन्द गर्नसमेत सुझाव पनि दिनुभएको छ । भारतमा तीव्र गतिमा कोरोनाभाइरस फैलिरहेको र खुला सीमाना भएकोले नेपालमा पनि त्यसको प्रभाव पर्न सक्ने भट्टराइले बताउनु भयो । त्यसैले स्कुल कलेज केहि दिनका लागि बन्द गर्न सुझाव दिनुभूएको छ । बालबलिका र विद्यार्थीको जीवन ठूलो कि परीक्षा ? भनेर प्रशन गर्दै भट्टराईले परीक्षा केही समय पर सार्न सुझाव दिनुभएको हो ।
भट्टराईले शनिबार ट्वीटरमा लेखेका छन्, ुकोरोनाभइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सीमाना भएको भारतमा झन् तीब्र रूपमा फैलिरहेको स्थितिमा हामीले चाहिं स्कूल केही दिनरहप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको होरु छोराछोरीको जीवन प्रमुख कि परीक्षारु परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छरु सत्ताधारी कमरेडहरूको ध्यान जालारुु
कोरोना प्रकोपका कारण छिमेकी भारतमा विद्यालय बन्द गरिएको छ। कर्नाटक राज्यमा भेला, वैवाहिक कार्यक्रम, खेलकुद र सबै खालका सम्मेलन गर्न एक हप्ताका लागि रोक लगाएको छ। त्यहाँ चलचित्रघर, शपिङ मल, पब र रात्रिक्लब पनि बन्द भएका छन्।



हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here