काठमाडाैं ।। १८ औँ संस्करणको आहा रारा गोल्डकप फुटबलको उपाधिका लागि पूर्व च्याम्पियन विभागीय नेपाल पुलिस क्लब र मनाङ मस्र्याङ््दी क्लब आमने सामने हुँदैछन् । पोखराको नवनिर्मित रङ्गशालामा हुने फाइनल खेल आज दिउँसो २ बजे सुरु हुनेछ । साविकको विजेता थ्रीस्टार क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै पुलिस प्रतियोगिताको नवौँ पटक फाइनल पुगेको हो । मनाङ विभागीय आर्मीलाई रोमाञ्चक खेलमा ३–१ गोल अन्तरले पराजित गर्दै दशौँ पटक उपाधि नजिक पुगेको हो । पुलिसका प्रशिक्षक अनन्त राज थापाले फाइनल खेल ५०–५० को भए पनि उपाधि हात पार्न धेरै मेहनत गर्नुपर्ने बताउनुभयो । पुलिसलाई नेपालकै राम्रो टिमको रुपमा चर्चा गर्दै मनाङका विदेशी प्रशिक्षक फुजा तोपेले त्यहिअनुसार खेल्ने तयारी भएको बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here