काठमाडाैं ।। पश्चिमी वायूको प्रभावका कारण हाल नेपालमा मौसम बदलीको अवस्था रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशको मध्य तथा पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहि पश्चिमी भूभागमा आंशिक बदलीसँगै अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ । पूर्वी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशका पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रहि मध्य तथा पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र असिना सहित हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशको उच्च पहाडी तथा हिमाली भू(भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ । महाशाखाका अनुसार आज राति देशका अधिकांश भूभागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी भूभागका थोरै स्थानहरूमा साथै मध्य तथा पूर्वी भूभागका केहि स्थानहरूमा मेघ गर्जन, चट्याङ्ग र असिना सहित हावाहुरी र वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । देशका केही स्थानहरुमा हावाहुरी सहित वर्षाको सम्भावना रहेको र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here