एजेन्सी ।। अहिले विश्वभर कोरोना भाइरस (केभिड–१९) को महामारी फैलिरहेको बेला अस्ट्रेलियाका गृहमन्त्री पिटर डुटनलाई कोरोना भाइरसको संक्रमण भएको पृष्टि भएको छ । डुट्टनले आफैले सामाजिक सञ्जालमार्फत आफ कोरोना संक्रमित भएको बताएका हुन् ।
डटनले ट्वीट गर्दै बिहान उठ्दा आफूलाई घाँटी दुखिरहेको र उच्च तापक्रम भएको महशुस भएको र परीक्षण गराउँदा कोरोना भाइरसको संक्रमण देखिएको जनाएका हुन् ।
उनीसँगै अस्ट्रेलियामा २ सय जनाभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । अष्ट्रेलियामा सार्वजनिक समारोहमा प्रतिबन्ध लगाउने घोषणा भइसकेको छ ।
कोरोना भाइरस हालसम्म ११८ मुलुक एवं भूभागहरुमा फैलिसकेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।