दिल्ली ।। भारतमा कोरोना भाइरस ‘कोभिड–१९’का कारण एक जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमाका अनुसार कर्नाटक,बालुबुर्गाीका ७६ वर्षीय पुरुषको मंगलबार निधन भएको छ । ती व्यक्तिलाई डाक्टरहरूले कोरोना संक्रमण भएको अनुमान गरे पनि स्वास्थ्य जाँचको रिपोर्ट आइसकेको थिएन। उनको मृत्युपछि आएको रिपोर्टले उनलाई कोरोना संक्रमण भएको देखाएको कर्नाटक राज्यका वरिष्ठ स्वास्थ्य अधिकारी डा। सुरेश शास्त्रीले बिहीबार जानकारी दिएका छन्। कोरोनाको कारण भारतमा पहिलो व्यक्तिको ज्यान गएको हो । भारतमा अहिलेसम्म ७७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । जसमध्ये सबैभन्दा धेरै केरलमा १७, हरियाणा र महाराष्ट्रमा १४–१४ जनामा संक्रमण भेटिएको छ । त्यस्तै उत्तर प्रदेशमा ११, दिल्लीमा ६, कर्नाटकमा ४, लद्दाखमा ३३ र अन्य ५ वटा प्रदेशमा एक–एक जनामा कोरोनामा भइरसको संक्रमण भेटिएको बताइएको छ ।
कोरोना भाइरसको कारण भारतमा एक जनाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।