सांकेतिक तस्विर

काठमाडौं ।। केभिड -१९ अर्थात कोरोना भाइरसले अमेरिकामा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मंगलबार विश्व स्वास्थ्य संगठनले वसिङ्टन राज्यमा कोरोनाको संक्रमणबाट थप चार जनाको मृत्यु भएको जनाएको हो । राज्यमा कोरना संक्रमण देखिएपछि आपतकालको घोषणासमेत गरिएको छ । उक्त राज्यमा १८ जनामा कोरोनाभाइरसको संक्रमणको मामिला पुष्टि भएको पनि छ ।अनुसन्धानकर्ताहरूले त्यहाँ केही साता अगाडिदेखि सो भाइरस फैलिएको आशंका गर्दै करिब १५ सय मानिसमा संक्रमण भएको हुनसक्ने अनुमान लगाएका छन् । सार्वजनिक भएका १४ मध्ये ८ वटा मामिला किङ काउन्टीसँग सम्बन्धित रहेको जनाइएको छ । संक्रमितहरूलाई आइसोलेसनमा राख्न होटल खरिद गरिँदै छ भने सोमबारबाट सियाटलका थप विद्यालयहरू बन्द गरिएका छन् ।
अमेरिकामा हालसम्म पाँच राज्य वासिङटन, क्यालिफोर्निया, इलिनोइस, रोड आइल्याण्ड, न्यूयोर्क, फ्लोरिडा र ओरेगनमा कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here