काठमाडाैं ।। आज मार्च ३ तारिख अर्थात् विश्व श्रवण दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘जीवनका लागी श्रवण —श्रवणशक्ति कम भई आफ्नो गती वा जीवनयापनलाई सिमित हुन नदेऊ’ भन्ने नारासहित यो वर्षको विश्व श्रवण दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । उपचारात्मक महाशाखाका विभाग प्रमुख डा. प्रकाश बुढाथोकीका अनुसार बहिरोपन अपाङ्गतामध्ये प्रमुख अपाङ्गतामा पर्दछ । विश्व स्वास्थ्य संगठनको २०१८ को तथ्याङ्कअनुसार विश्वमा ४६ करोड अर्थात् ६ दशमलव १ प्रतिशत मानिसहरुमा श्रवण अशक्तता छ भने ३४ करोड बालबालिकामा यो समस्या देखिएको छ । नेपालमा ३० लाख मानिसमा श्रवणमा समस्या छ भने हरेक दिन ४ देखि ६ जना बहिरोपनासहित नवजात जन्मने गरेको डा. बुढाथोकीको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here