काठमाडौँ ।। बैदेशीक रोजगारीमा गएका मध्ये अहिले पनि पाँच सय ४५ जना नेपाली जेलमा छन् । सरकारले ‘वैदेशिक रोजगारमा गएका नेपाली कामदारको कानुनी प्रतिरक्षासम्बन्धी निर्देशका, २०७५’ जारी गरेको २ वर्ष भयो । त्यसमा कामदारको उद्धारका लागि १५ लाखसम्म उपलब्ध गराइने व्यवस्था छ तर व्यवहारमा छैन । वैदेशिक रोजगार वोर्डले अहिलेसम्म एक जना व्यक्तिको पनि कानुनी प्रतिरक्षा गर्न सकेको छैन । बोर्डले भर्खरै मात्र कानुनी प्रतिरक्षा गर्नका लागि मलेशिया र साउदी अरवका लागि १०÷१० लाख रुपैयाँ परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक नियोगलाई पठाएको बोर्डका सूचना अधिकारी दिनबन्धु सुवेदीले बताउनुभयो । बोर्डको तथ्यांकअनुसार अहिलेसम्म पाँच सय २६ पुरुष र १९ महिला विभिन्न देशका जेलमा छन् । सबैभन्दा बढी मलेसियामा दुई सय पाँच, संयुक्त अरब इमिरेट्समा एक सय ८५ जना छन् । कुवेतमा ५८, कतारमा ३५, साउदी अरब जेद्दामा ३१, रियादमा २३, बहराइनमा पाँच र ओमनमा तीन जना कामदार कारागारमा छन् । बैदेशिक रोजगारविज्ञ डाक्टर गणेश गुरुङ हतारको निर्णयका कारण सरकारले ल्याएको निर्देशिका कार्यान्वयन नभएको बताउनुहुन्छ । बोर्डका अनुसार अहिलेसम्म मृत्युदण्डको सजाय पाएका २५, आजिवन कारावासका ७, २५ र १५ वर्ष सजाय भोगिरहेका २÷२ जना, १५ वर्ष भन्दा कम सजायमा पाँच जना रहेका छन् । १० वर्ष भन्दा कम १९, पाँच वर्ष भन्दा कम एक, एक वर्ष वा त्यसभन्दा कम ४४, तीन महिना भन्दा कम ७५ र सजाय तोकिन बाँकी दुइ सय ९३ र जरिवानी तोकिएका १८ जना विदेशी जेलमा छन् ।
वैदेशिक रोजगारीमा गएका पाँच सय ४५ जना नेपाली विदेशका जेलमा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।