।। भक्तपुरको खरिपाटीमा दुई साता क्वारेन्टाइनमा बसेका ३० जना आज आआफ्नो घर जाँदैछन् । त्यहाँ राखिएका १ सय ७५ जनामा कोरोना भाइरसको सङ्क्रमण नभएको पुष्टि भएपछि उनीहरू घर फर्किन लागेका हुन् । ३० जना बाहेकका अरु भने हिनै घर फर्किएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो । चीनको कोरना प्रभावित क्षेत्रबाट ल्याएका नेपाली विद्यार्थीको स्वास्थ्य पूर्णरुपमा ठीक भएको पाइएको उहाँको भनाइ छ । कसैमा पनि सङ्क्रमण नदेखिएकाले खरिपाटी क्वारन्टाइनमा बसिरहेका सबैलाई आफ्नो घर फर्किन अनुमति दिइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभयो । हिजोको संसद् बैठकमा भने सांसदले नेपाल कोरोना भाइरसको उच्च जोखिममा रहे पनि सतर्कता नअपनाएको भन्दै सरकारको आलोचना गरेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।